जोशीले पुर्‍याएको योगदान चीर स्मरणीय छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पुर्‍याएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताएका छन्।

अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’को आज बिहान एक सय तीन वर्षको उमेरमा दुःखद् निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताएका छन्। अध्यक्ष दाहालले जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार