जोशीको निधनले अत्यन्त दुःखी छु : ओली 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन् ।

ओलीले ट्वीट गर्दै भनेका छन्, ‘ शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार