रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण

काठमाडौं – रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो। युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको छ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन। उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ।

आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ। उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार