टुरिन डर्बीमा युभेन्ट्स विजयी

डुसान भ्लाहोभिचले गरेको सिजनको व्यक्तिगत छैटौं लिग गोलको मदतले युभेन्ट्सले शनिबार टुरिनोलाई १–० ले हराएको छ । टुरिन डर्बीमा प्राप्त जितले व्यवस्थापक मासिमिलिनो एलेग्रीमाथिको दबाब केही कम भएको छ ।

खेलको एक मात्र गोल सर्बियाली स्ट्राइकर भ्लाहोभिचले ७४ औं मिनेटमा गरे । खराब लयबाट गुज्रिरहेकेको युभेन्ट्सको यसपल्टको लिगमा यो चौथो जित मात्र हो र टिम १० खेलबाट १६ अंकमा सातौं स्थानमा उक्लेको छ ।

युभेन्ट्स मध्य साता मकाबी हाइफासँग पराजित भएको थियो र यस नतिजाले उसको युरोपेली च्याम्पियन्स लिगको नटआउट चरण प्रवेश कठिन भइसकेको छ । शनिबारका अन्य खेलमा इम्पोलीले मोन्जालाई १–० र एटलान्टाले सुसुलोलाई २–१ ले हरायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार