एमालेवाला गठबन्धन प्रतिगमनकारीको हो : महरा

'ओलीका कारण नेपालको व्यवस्थाप्रति जनता असन्तुष्ट भएको आरोप'

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन्।

शनिबार वाम–लोकतान्त्रिक गठबन्धनले रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न उठिरहेको बताए।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण नेपालको व्यवस्थाप्रति आमजनमानसमा असन्तुष्टि पैदा भएको बताए। ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता रहेको जिकिर गरे।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार