सागर ढकाललाई रवि लामिछानेको पार्टीको समर्थन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार