ललितपुरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

काठमाडौं स् ललितपुरको इमाडोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक सर्लाही घर भएका २६ वर्षीय मोहन बाबु खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा किस्ट अस्पताल इमाडोलमा मृत्यु भएको प्रहरी प्रभाग लुभुले जनाएको छ।

प्रहरीका अनुसार ललितपुरको इमाडोलबाट लुभु जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल लुबु चौतारा सडक खण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार