थापाथली क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर

क्रियापुत्री भवन र ओम शान्तिको भवन हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्रमा बनेका अनधिकृत संरचना हटाइरहेको छ ।

सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार