एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

काठमाडौँ – एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन् ।

हाल नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली प्रयोगमा ल्याउन सुरु गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार