प्रियंका कार्कीको ‘चि मुसी चि’ पुसमा प्रदर्शन हुने

काठमाडौं । हरर तथा थ्रीलर जानरामा निर्माण भएको नेपाली फिल्म ‘चि मुसी चि’ आगामी पुसमा प्रदर्शन हुने भएको छ । निर्माताले शुक्रबार फिल्मको अफिसियल लोगो सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

हरर तथा थ्रीलर जानरामा निर्माण भएको उक्त फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । प्रस्तुतकर्ता अरुण चक्रवर्तीका अनुसार पोस्ट–प्रोडक्सनको काम सकिएको छ र फिल्म प्रदर्शनको तयारीमा छ ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टको अभिनय छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार