मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

पाल्पा – रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ। रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको हो।

उपचारका लागि तानसेन लैजाँदै गर्दा गएराति बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८ प ९९९४ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेकी दमिनीलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार