यस्तो रहनेछ आजको मौसम

माैसम विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार