सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कात्तिक एक गते मुद्धा दर्ता गर्ने तयारी

काठमाडौं – बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । अदालतले भने ५ दिन म्याद थपेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार