नयाँ वर्षको अवसरमा टिभिएसले ल्यायो वा, वाह, वाहह् अफर, यस्ता छन् विशेषताहरु

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्ने छ ।

यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरकोे खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्थाका साथै शून्य प्रतिशत ब्याजदर भएको “वा“अफर रहेको छ । साथै योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधिमा टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरुमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजना यतिमा मात्र सिमित नभएर “वा“ बाट “वाह्“हुँदै वाह्ह्सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटन सागा फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन् भने यस योजनामाथी उल्लेखित समयावधि भित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागु हुनेछ ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार