उम्मेदवारी फिर्ता नलिने बागीलाई ५ वर्ष निष्काशित गर्ने काँग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारलाई निष्काशन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उम्मेदवार र निजको प्रस्तावक तथा समर्थकलाई निस्काशन गरिएको उल्लेख छ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर निष्काशनमा परेकाहरुको नाम भने कांग्रेसले सार्वजनिक गरेको छैन।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार