कोरोना अपडेट : थप १५० जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै थप ३ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म ३ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९९ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालका कोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ ।

हाल एक हजार १७ जना सक्रिय रहेको नेपालमा ५१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म २२ लाख ४० हजार ९९८ वटा नमुनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार