राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाको सपथ ग्रहण आज

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाको सपथ ग्रहण आज हुँदैछ। देवकोटालाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले शपथ गराउने छन् ।

राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी भएका थिए । देवकोटा बागमती प्रदेशसभातर्फ राष्ट्रियसभा सदस्यका निर्वाचित भएका हुन् ।

देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, एमाले (माधव नेपाल समूह) र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका थिए । उनले एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री थापालाई १ हजार ७४ मतभारले पराजित गरेका थिए । देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४,०१४ मतभार पाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार