वीगर मुस्लिम सम्बन्धमा चीनविरुद्ध कुन-कुन देशले मतदान गरे ?

जेनेभामा रहेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले वीगर मुस्लिमको हैसियतलाई लिएर चीनविरुद्धको प्रस्तावलाई अस्वीकार गरेको छ ।

यो मस्यौदा प्रस्ताव क्यानडा, अमेरिका र बेलायतलगायत धेरै देशहरूले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार उल्लङ्घनका विषयमा बहसका लागि प्रस्तुत गरेका थिए। यो प्रस्तावको पक्षमा पर्याप्त मत नपुगेपछि अस्वीकृत भएको हो ।

चीनविरुद्धको प्रस्तावमा ४७ सदस्य राष्ट्रमध्ये १७ राष्ट्रले पक्षमा र चीनसहित १९ सदस्य राष्ट्रले विपक्षमा मतदान गरेका थिए । भारत, युक्रेन र मलेसियासहित ११ सदस्य राष्ट्रले मतदानमा भाग लिएका थिए ।

धेरै इस्लामिक देशहरूले पनि यो प्रस्तावमा भाग लिए, तर अधिकांश देशहरूले चीनको पक्षमा मतदान गरे वा उनीहरू मतदानबाट टाढा रहे।

पाकिस्तान, कतार, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र सुडानले चीनविरुद्धको प्रस्तावको विपक्षमा मतदान गरे। मलेसिया, गाम्बिया र लिबिया मतदानमा अनुपस्थित भए।

सोमालिया, अमेरिका, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, होन्डुरस, नेदरल्याण्ड, पोल्याण्ड र दक्षिण कोरियाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार