जसपालाई २५ सिट दिन एमाले तयार

सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको तयारी अन्तिम चरणमा पुगेको छ ।

गएराति एमाले नेता रघुवीर महासेठको निवासमा भएको छलफलमा एमाले जसपालाई २५ सिट दिन लगभग तयार भएको एमालेका एक शिर्षनेताले जानकारी दिए ।

अब दुबै दलका शीर्ष नेता बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । ‘हिजो नै लगभग सहमति भैसकेको थियो । तर, केही क्षेत्रमा दोहोरो दाबी भएका कारण हस्ताक्षर हुन सकेन ।’ ती नेताले भने । जसपा सत्तारुढ गठबन्धनमा सामेल छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार