मृत्युको खबरबारे बोले उदित नारायण, ‘यो अफवाह नेपालबाट फैलिएको हो’

चर्चित गायक उदित नारायणको हृदयघातको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो खबर आएपछि उदितका फ्यानहरु निकै आक्रोशित भएका छन् । यस्तो अवस्थामा मानिसहरु अहिले उनको स्वास्थ्य कस्तो छ भन्ने जान्न चाहन्छन् । यसैबीच उदित नारायणका म्यानेजरको प्रतिक्रिया आएको छ, उनले हृदयघातको खबरलाई अस्वीकार गरेका छन् ।

अफवाहमा उदित नारायणको प्रतिक्रिया

सञ्चारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भने, ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ। म हाँस्दै छु, दशैको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो उमेर बढाएको छ । मानिसहरूले मलाई फोन गरेर मेसेज गरेर तिम्रो हृदयघातको बारेमा सोधिरहेका छन् ।’

नेपालको नम्बरबाट फैलिएको अफवाह
उदित नारायणका प्रबन्धकले भने– ‘हामीलाई लाग्छ यो अफवाह नेपालबाट फैलिएको हो । किनभने जुन नम्बरबाट यो म्यासेज पठाइएको छ, त्यसको कोड नेपालको हो।’ यो अफवाहका कारण गायक आफैं पनि निकै दुखी भएको प्रबन्धकले बताए । प्रबन्धकका अनुसार उदित नारायण अहिले पूर्णरुपमा स्वस्थ छन् । यो अफवाह सामाजिक सञ्जालमा फैलिएपछि मानिसहरु निकै आक्रोशित भएका छन् ।

यद्यपी यो अफवाह कसले फैलाएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार