खराब मौसमका कारण आन्तरिक उडान रद्द, बाह्य उडान समेत प्रभावित

दुई दिनदेखिको निरन्तर वर्षासँगै गएका पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध

बिहीबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन् भने अन्र्तराष्टिय उडान समेत खराब मौसमले प्रभावित भएका छन । आन्तरिक उडान वर्षातका कारण धेरैजसो बन्दजस्तै छन भने मौसमका कारण त्रिभुवन अन्तरष्टिय विमानस्थलबाट हुने बाह्य उडान समेत प्रभावित बनेको नागरिक उडडयान प्राधिकरणको भनाई छ ।

काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ । जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी गराएको छ ।

कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार पोखराबाट काठमाडौंबाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत बिहीबार रद्द हुन पुगेको छ ।

दशैंमा टिका लगाउन घर गएका मानिसहरु जहाजमा फर्कने भएकाले अहिले बाहिरबाट काठमाडौं आउने उडानमा बढी चाप हुन्छ ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चाप तुलनात्मक रुपमा कम हुने कर्णले जानकारी दिए ।

यस्तै हिजोदेखि निरन्तर भईरहेको वर्षातका कारण विभिन्न ठाउँमा गएको पहिरोका कारण यातायात क्षेत्र समेत प्रभावित बनेको छ ।
पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरोले सवारी साधन बिचैमा रोकिएको र पन्छाउने तथा बाटो खुलाउने काम भईरहेको समाचार छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार