अमलेखगञ्ज दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १४ पुग्यो

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् ।

घाइतेहरुको उद्धारको कार्य जारी छ । उनिहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार