बारामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदाँ कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हालसम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरुको उद्धारको कार्य जारी छ । उनिहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको उनले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार