राष्ट्रपति भण्डारीले लगाइन् टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बुधबार शीतलनिवासमा टीकाको सुभ साइत ११ः५१ बजे राष्ट्रपतिले गुरुहरूबाट टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछिन् । विशिष्ट व्यक्तिहरूका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार