बडा दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस यात्राको सुविधा

सनराइज बैङ्कले आफ्नो १५औँ वार्षिक उत्सवको अवसर र नेपालीहरूको महान् चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने अभिप्रायका साथ बैङ्कले निःशुल्क बस सेवा संचालन गरेको हो ।
सनराइज बैकले साझा यातायातसँग सहकार्य गरी काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझाबसहरु निःशुल्क संचालन गरेको छ । दशैंको दिन करिब ३० वटा बसहरू मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैङ्कले जनाएको छ ।

बैकले यहि आश्विन २५ गते आफ्नो १५औँ वार्षिकोत्सव मनाउँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार