चीन, कतार र टर्कीमा साताको एक दिन उडान हुने

सरकारले जेठ १८ गतेदेखि नेपालसँग चार्टर उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको हो ।

बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार