यी हुन् काठमाडौंबाट नजिकै रहेका घुम्न लायक ठाउँहरु

काठमाडौंको नजिकै पर्ने केही पर्यटकीय गन्तव्यका बारे यहाँ चर्चा गरिएको छ । यी स्थानमा जानका लागि न त धेरै समय छुट्याउनुपर्छ, न त धेरै आर्थिक भार नै पर्छ ।

त्रिभुवन पार्क

थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको एक चर्चित थलो हो । हरियाली जंंगलभित्रका ससाना बगैंचा र चराचुरुङ्गीको चिर्बिर चिर्बिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ ।

साथीभाइहरूसँग जमघट गरेर पिकनिक गर्ने र टुगेदरनेसलाई सोसलाइज गर्नका लागि यो पार्क उपयुक्त छ।

धुलिखेल

धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरू रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ। यो ठाँउ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।

सदर चिडियाखाना

जनावर तथा पक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरूको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरूमा भुलिने गर्छन ।

सेतो गुम्बा

काठमाडौंको रामकोट ८ डाँडा गाउँमा रहेको शान्त वातावरण भएको ह्वाइट गुम्बा जोडीहरूका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरूले रोज्ने गर्छन् ।

यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सीतापाइलाबाट डेढ घण्टा हिँडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरूमा रमाउन खुबै मजा आउँछ ।

नगरकोट

काठमाडौंबाट करिव ३५ किमीको दूरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाइमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ ।

मनोरम हिम शृंखलाले तपाइको जोडीलाई थप प्रेमभास दिलाउछ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ।

चोभार

यो ठाँउ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरू छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि ख्याति कमाएको यो स्थान सुनसान र एकान्त छ ।

भोटेचौर

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमापरिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।

चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरू पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टनाइ अविस्मरणीय हुन्छ ।

ललितपुरको बज्रबाराही

यो ठाउँ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । गुमनाम भएर छताछुल्ल माया पोख्न चाहनेहरूका लागि उत्तम गन्तब्य हो बज्रबाराही । उपत्यकाका चार बाराहीमध्ये बज्रबाराही मन्दिरको बेग्लै महत्व छ ।

ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

चिसापानी

नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । घना जंगल र तामाङ बस्तीहरूको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ ।

गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरू छन् । हाइकिङ गर्दै भ्यालेन्टाइनलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो ।

इन्द्र सरोबर

घुम्नका लागि उपयुक्त स्थान विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर रोज्ने गन्तब्य हो । तालमा काठका डुंगा सयर गरेर रमाउन जोडीहरू यहाँ पुग्छन । माछाका परिकारहरू खानका लागि धेरैको रोजाइमा कुलेखानी पर्छ । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।

स्वप्न बगैंचा

पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा ।

यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । विदेशीहरूको रोजाइमा पर्ने बगैंचा नेपालीहरूको पनि उत्तिनै भिड लाग्छ । सामान्यतः यहाँ प्रवेश गर्न एकसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।

भृकुटीमण्डप पार्क

भृकुटीमण्डपसँगै रहेको पार्क जोडीहरूका लागि उपयुक्त जक्सनका रुपमा चर्चित छ । विशेष गरी व्यावसायिक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डप डेटिङका लागि पनि रोजाइमा पर्ने गरेको छ ।

गोदावरी

प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रुपमा लिइन्छ । । यहाँ माया साट्नेहरूको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरू थुप्रै भेटिन्छन् ।

सुन्दरीजल

नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । यो ठाउँ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुवधाहरू उपलब्ध छन् ।

स्वयम्भू

बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भू पनि घुमघामका लागि राम्रो मानिन्छ । धार्मिक स्थल परिसरका रमणीय स्थलहरू प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । त्यसमध्ये काठमाडौं सहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भू सहरको रमणीय दृश्यावलोकन साथै शीतलतामा रमाउन सकिन्छ ।

ककनी

डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिइन्छ । ट्राउट माछाको स्वादसँगै मायाको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ । काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ ।

एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरू छन् । बासका लागि पनि सुविधायुक्त होटलहरू छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

बालाजु पार्क

बालाजु बाइपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपि यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ।

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरूका लागि यहाँको वातावरणले इनरजाइज गर्छ। त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार