काठमाडौंबाट झापा जान लागेको बस हेटौंडामा दुर्घटना, २ जनाको मृत्यु, ३६ घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजवंशी र झापाको दमक-५ का दिल्लीबहादुर दर्जी छन् । कल्पनाको चुरेहिल अस्पताल र दिल्लीबहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक नालीमा खसेको छ ।

दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौं पठाइएको छ भने एक जनाको हेटौंडामै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार