पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले जित्यो

इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानसँगको ७ खेलको टी–२० शृङ्खला जितेको छ । लाहोरमा गएराति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इङ्ग्ल्यान्डले शृङ्खला ४–३ ले जितेको हो ।

इङ्ग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । इङ्ग्ल्यान्डका डेविड मालनले अविजित ७८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिए ।

पहिलो, तेस्रो र छैटौँ खेलमा इङ्ग्ल्यान्ड बिजयी हुँदा दोस्रो, चौथो र पाँचौँ खेलमा पाकिस्तान विजयी भएको थियो ।

निर्णायक तथा सातौँ खेल जित्दै इङ्ग्ल्यान्डले शृङ्खला आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार