दशैं बिदामा सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन डिपो सञ्चालनमा

नेपाल आयल निगमले दशैं बिदामा पेट्रोलियम पदार्थ अभाव हुन नदिन डिपो सञ्चालनमा ल्याएको छ । निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ वटा डिपोहरू समेत सञ्चालनमा ल्यायको हो ।

आयल निगमका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा असोज १६, २९ र २१ गते डिपो खुला हुनेछ। यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला हुनेछ। साथै लुम्बिनीको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुने जनाएको छ ।

आयल निगमले दशैमा पेट्रोलियम पदार्थका डिपो खुल्ला गर्दै डिपोलाई आवश्यकता अनुसारको तेल उपलब्ध गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार