अर्घाखाँचीमा एउटै पोखरीमा डुबेर २७ बाँदर मरे

अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।

नौलापानीस्थित थेरवाङ जंगलमा रहेको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएको स्थानीय बलराम रायमाझीले बताए । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बाँदर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

सिँचाइको लागि निर्माण गरिएको पोखरी हो । पाण्डेका अनुसार अर्घा गाउँबाट थेरवाङ जंगलमा रहेको पोखरीमा पुग्न डेढ घण्टा हिँड्नु पर्छ । शनिबार साँझ बाँदर पोखरीमा डुबेका हुन् । पोखरीमा ६ फिट तारजाली लगाइएकाले बाँदर निस्कन नसकेको पाण्डेले बताए । मरेका बाँदरलाई खाडल खनेर गाडिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार