गाडीमा पठाइयो गोरखा दरबारको फूलपाती

गोरखकाली मन्दिरको दशैँघरबाट काठमाडौंको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।

दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा  बा २ झ ३८८२ नम्बरको सरकारी गाडी फूलपाती लिएर काठमाडौंतर्फ हिँडेको छ । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार