पूर्वराजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । पछिल्लो समय देशव्यापी रूपमा विकसित भइरहेको डेंगुको प्रकोप र त्यसले जनजीवनमा पारेको प्रभावका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

शाहका संवाद सचिव फणी पाठकले आइतबार बिहान प्रेस वक्तव्य जारी गर्दै लेखेका छन्, ‘स्वास्थ्यका कारण नेपाली जनजीवन आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो । उहाँ (पूर्वराजा शाह)ले यसपटक विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउने र शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार