बालकुमारीमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु

ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई शनिबार बेलुकी सवा ८ बजे बा१झ ८१७ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार