इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्ने

प्रदेशसभा चुनाव लड्ने तयारी

इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी प्रदेशसभाको टिकट पाउने शर्तमा माओवादी प्रवेश गर्न लागेका हुन् ।

गठबन्धनतर्फ सुनसरी २ (का) माओवादीको भागमा पर्ने बुझेका उनी उम्मेदवार बन्ने शर्तमा पार्टी प्रवेश गर्न लागेको बताइएको छ।  सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए ।

२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पसिन एमालेमै थिए । तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गर्न लागेका हुन् ।

माओवादीका पुराना नेताहरू भने उनको पार्टी प्रवेश र टिकट निश्चितताका बारे असन्तुष्ट छन्। माओवादी नेता शिवकुमार डाँगी लगायतका नेताहरु उनलाई पार्टी प्रवेश गराउन नहुने पक्षमा छन्।

नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सुनसरी जिल्ला अध्यक्षमा पराजित भएपछि असन्तुष्ट रहेका ऊनी पार्टी परिवर्तन गर्ने मुडमा पुगेका हुन् । इटहरीको मेयर भएका बेला विवादमा आएका उनले एमाले नेतृत्वप्रति खरो आलोचना गर्दै आएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार