बिहीबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी

नेपालमा बिहीबार कोरोनाका नयाँ संक्रमित थपिनेको संख्या भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । यसअघि नेपालमा बुधबार नयाँ संक्रमित थपिनेको संख्याभन्दा निको हुनेको संख्या बढी रहेको थियो ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ पीसीआर र ५७८ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ रहेको छ ।

हाल नेपालमा १ लाख १६ हजार ४७६ सक्रिय संक्रमित रहेका छन् भने एक हजार ९ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार