तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले जारी गर्‍यो ३० अर्बको रिपो

राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपो जारी गरेको हो ।

यो एक साता कार्यदिनका लागि मात्र हुनेछ। दसैंमा बिदा हुने हुँदा बैंकहरूलाई चाहिने रकम व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपो जारी गरेको हो। बुधबार जारी रिपो २७ असोजमा परिपक्व हुनेछ।

बोलकबोलमार्फत जारी हुने रिपो क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङमार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

खासगरी हिन्दुहरूको चाड दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार