लमजुङ– राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरूपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो ।
नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ निर्धारण भएको जनाएको छ ।