यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६५ रुपैयाँ ८० पैसा, सेतो आलु ५३ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८० रुपैयाँ, लोकल काक्रो ४६ रुपैयाँ २५ पैसा, कागती २१० रुपैयाँ, किवि २७५ रुपैयाँ, अकबरे खुर्सानी १०० रुपैयाँ रहेको छ ।

नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा २७ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ र तोरीको साग ५५ रुपैयाँ रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार