राष्ट्रपति भण्डारीको पुतला दहन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल ९जसपा० राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध जसपाले जिल्ला सदरमुकामहरुमा उनको पुतला दहन गरेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनिष सुमनले पार्टी निर्णय अुनसार विरोधका कार्यक्रम भएको बताए । जसपाले यस अघिले राष्ट्रपतिको विरोधमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संसदको दुबै सदनबाट दुई दुई पटक नागरिकता विधेयक पारित भए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी संविधानकै उल्लंघन गरेको ठहर जसपाको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलनको कार्यक्रम भईरहेको जनाएको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश यादवले गत शनिवारदेखि नै आफूहरुको चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन भईरहेको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार