शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् ।

बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुगने तलब पनि दिन नसकेको बताए ।

सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो अपर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले भने, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार