घरमा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर – आफ्नै घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।

बैतडीको सिगास गाँउपालिका वडा नम्बर ५ घर भइ अहिले भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने टेकबहादुर चन्दले आफ्नै घरमा काम गर्ने वर्ष १९ की युवतीलाई जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त थिमिले जनाएको छ । उनले युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

पक्राउ परेका चन्दलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार