बिहीबार तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । अघिल्लो कारोबारको दिन अर्थात् मंगलबार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा खरीद बिक्री भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार