मनास्लुमा मृत भेटिइन् विश्वविख्यात स्की पर्वतारोही

काठमाडौं – मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार