एनसीसी बैङ्कका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क (एनसीसी बैङ्क) र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबिच विभिन्न आकर्षक छुट प्याकेजहरूमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैङ्कको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैङ्कका कर्मचारीहरूलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत देशका विभिन्न स्थानमा होटेल एवम् रिपोर्ट, रेस्टुरेन्ट र क्याफेहरू रहेका छन् ।

सिद्धार्थ होटेल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटेल टिकापुर कैलाली, सिद्धार्थ होटेल नेपालगन्ज, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ होटेल वाटर टावर नुवाकोट, सिद्धार्थ होटेल ग्राण्ड सिटी बिर्तामोड, सिद्धार्थ बुटिक होटेल बौद्ध काठमाडौँ, सिद्धार्थ सन्नी रिपोर्ट सुर्खेत, सिद्धार्थ रिपोर्ट चिसापानी कैलाली, सिद्धार्थ लुम्बिनी ग्रिन रिपोर्ट चन्द्रौटा, सिद्धार्थ इन्टरनेशनल होटेल भैरहवा, सिद्धार्थ रिभरसाइड रिपोर्ट चुम्लिङ्टार चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगन्ज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोविघाट ललितपुर, सिद्धार्थ कटेज रेस्टुरेन्ट बुटवल, सिद्धार्थ कटेज रेस्टुरेन्ट पुरानो वानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तीनकुने काठमाडौँ , एस क्याफे कोहलपुर, एस क्याफे नेपालगन्ज र एस क्याफे सुविधानगर तीनकुने गरी देशभर रहेका २० वटा स्थानबाट तोकिएको छुट सुविधा प्राप्त गर्न सकिने भएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैङ्कले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैङ्क २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैङ्किङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार