संविधानविद्सँग परामर्श गर्दै सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनका विषयमा संघीय संसद् नयाँ बानेश्वरमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका हुन् ।

दिउँसो १ बजे सुरु हुने परामर्श कार्यक्रममा कानुनसँग सम्बन्धित संस्थाका प्रतिनिधिलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको टिप्पणी गर्दै आएका छन् ।
यसअघि बुधबार सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग समेत छलफल गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार