सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार