एनएलजी इन्स्योरेन्सको सिईओमा पुनः सुनिल वल्लभ पन्त नियुक्त

एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा पुन सुनिल वल्लभ पन्त नियुक्ति भएका छन् । गत साता बसेको सञ्चालक समितिको बैठकले सिईओ पदमा पन्तलाई पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय बिमा समितिमा पेस गरिएकोमा बिमा समितिले उक्त प्रस्ताव आज स्वीकृत गरेको हो ।

बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी पन्तले पहिलो कार्यकालमा एनएलजी इन्योरेन्स कम्पनीलाई निर्जीवन बिमा कम्पनीहरू मध्येमा टप पाँच कम्पनीमा पार्न सफल भएका छन् ।

२०७५ साल असोज १९ गते सिइओ पदमा नियुक्त भएका पन्तको कार्यकाल यही असोज १८ गतेबाट सकिँदै छ । सिइओ पन्तको दोस्रो कार्यकाल यही असोज १९ गते विजया दशमीको दिनबाट सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार