अपांग युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मोरङ– लेटाङ नगरपालिकामा एक अपांगता भएकी एक युवती बलात्कृत भएकी छिन्। लेटाङ– ९ की १९ वर्षीया युवतीको शनिबार राति बलात्कार भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठले घटनामा संलग्न लेटाङ नगरपालिका ३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको जानकारी दिए। शनिबार दिउँसो आफ्नै खेतमा कामगरिहेका राईले खेतमै रहेको एक टहरोमा लगेर राति युवतीको बलात्कृत गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार पीडित युवती बोल्न सक्ने भए पनि दुवै खुट्टा चलाउन सक्दिनन्। घटनाबारे पीडित परिवारका सदस्यले सोमबार प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले घटनामा संलग्न राईलाई पक्राउ गरेको हो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार