राप्रपामा रवीन्द्र मिश्रको पद वरिष्ठ उपाध्यक्ष

काठमाडौँ – विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार